News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरोको जोखिम बढेकाले राति ८ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
- मुग्लिन बजार नजिकै सुक्खा पहिरो खस्ने क्रम निरन्तर रहेकाले मानवीय जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो।
- मंगलबार दिउँसो दुई पटक पहिरो पन्छाएर केही समयका लागि सवारी आवागमन सुचारु गरिएको थियो।
१२ साउन, काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डमा राति गाडी चलाउन रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि नारायणगढ-मुग्लिन सडकमा सबै प्रकृतिका सवारीसाधनहरू सञ्चालनमा रोक लगाइएको हो ।
मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढ तर्फ सुक्खा पहिरो गई सडक अवरुद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम निरन्तर रहेकोले रातिको समयमा सवारी गुड्न दिँदा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर राखेर राति सवारी आवगमन बन्द गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
मंगलबार दिउँसो दुई पटक पहिरो पन्छाएर सो सडकखण्डमा सवारीआवगमन सुचारु गरिएको थियो ।
हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4