+
+
Shares

पहिरो हटाएसँगै मुग्लिन-नारायणगढ सडक सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुग्लिन-नारायणगढ सडक खण्डमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक दुईतर्फी सञ्चालनमा आएको छ।
  • खहरे खोलामा सुक्खा पहिरो खस्दा मंगलबार दिउँसो ३ बजेदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको थियो।
  • पहिरो हटाएको दुई घण्टाभित्रै पुनः पहिरो खसेपछि सो सडकखण्ड पटकपटक प्रभावित बन्न पुगेको थियो।

१२ साउन, काठमाडौं । पहिरो पन्छाइएसँगै मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।

मुग्लिन नजिकै रहेको सडकखण्ड अन्तर्गत खहरे खोलामा सुक्खा पहिरो खस्दा मंगलबार दिउँसो ३ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।

यसअघि पनि पहिरो खसेर मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध बनेको थियो । करिब साढे ४ घण्टापछि पहिरो पन्छाएपछि सवारी सञ्चालनमा आएको थियो ।

पहिरो हटाएर सवारी सञ्चालन भएको दुई घण्टापछि पुन: पहिरो खसेर सडक अवरुद्ध बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?