+
+
Shares

मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

आइतबार मध्याह्न १२:१० बजेदेखि पाेखरातर्फ जाने सवारीसाधनहरूलाई मात्र आवागमन खुला गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाम्सी खोलाको पुलमाथि खसेको लेदोसहितको पहिरो पन्छाएपछि मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ।
  • सडक डिभिजन भरतपुरका अनुसार आइतबार १२:१० बजेदेखि पोखरातर्फ जाने सवारीसाधनलाई मात्र आवागमन खुला गरिएको छ।
  • अविरल वर्षाका कारण मुग्लिन-नारायणगढ सडक खण्ड आइतबार बिहानदेखि अवरुद्ध भएको थियो।

११ असोज, काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोलाको पुलमाथि खसेको लेदोसहितको पहिरो पन्छाउने काम सकिएसँगै राजमार्ग सञ्चालनमा आएको हो ।

आइतबार मध्याह्न १२:१० बजेदेखि पाेखरातर्फ जाने सवारीसाधनहरूलाई मात्र आवागमन खुला गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

अविरल वर्षाका कारण नाम्सी खोलाको पुलमाथि लेदोसहितको पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड आइतबार बिहानदेखि अवरुद्ध बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?