+
+
Shares

गृहमन्त्री सुधन गुरुङसँग ‘टनेल २६’ फिल्मका भुटानी कलाकारको भेट

आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री कोषमा प्रदान गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १३:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘टनेल २६’का निर्माता तथा कलाकारले गृहमन्त्री सुधन गुरुङलाई भेटेर २३ असोजमा रिलिज हुने फिल्मबारे जानकारी दिएका छन् ।
  • गृहमन्त्री गुरुङले नेपाल, भुटान र भारतबीचको सांस्कृतिक तथा भौगोलिक सम्बन्ध झल्काउने परियोजनाका रूपमा फिल्मलाई महत्वपूर्ण भनेका छन् ।
  • निर्माता सांगे सेल्ट्रिमले फिल्मको ग्रस आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा दिने बताएका छन् ।

काठमाडौँ । प्रदर्शन तयारीमा रहेको फिल्म ‘टनेल २६’का निर्माता तथा कलाकारले गृहमन्त्री सुधन गुरुङलाई भेटेका छन् । २३ असोजमा रिलिज हुने फिल्ममा नेपाल, भुटान र भारतको सह-निर्माण छ ।

सो अवसरमा गृहमन्त्री गुरुङले निर्माता टोलीलाई बधाइ दिएका थिए । उनले फिल्मलाई नेपाल, भुटान र भारतबीचको बलियो सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई प्रतिनिधित्व गर्ने महत्वपूर्ण परियोजनाका रूपमा उल्लेख गरे ।

गृहमन्त्री गुरुङले फिल्मको विषयवस्तुलाई पछिल्लो समय भोटेकोशी बाढीले त्यहाँका जलविद्युत आयोजनाका सुरुङभित्र मानिस फसेको घटनासँग पनि जोड्दै कठिन परिस्थितिमा फसेका मानिसले भोगेको संघर्ष र बाँच्नका लागि गरेको प्रयासले यस्ता कथाको महत्वलाई थप उजागर गर्ने बताए ।

उनले हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसले भोग्दै आएको पीडाका विषयमा पनि धारणा राखेका थिए । विश्वका शक्तिशाली राष्ट्रहरूको बेवास्ता, कमजोर पूर्वाधार विकास, भ्रष्टाचार तथा नैतिकता र जिम्मेवारीको अभावका कारण पहाडी तथा हिमाली क्षेत्रका नागरिकले विभिन्न समस्या भोग्नुपरेको उनको भनाइ थियो ।

फिल्मको आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री बिपद कोषलाई प्रदान गरिने निर्माता तथा मुख्य कलाकार सांगे सेल्ट्रिमले जानकारी दिए । सांगे भुटानका हुन् र उनको फिल्ममा पुरा ५० प्रतिशत सेयर छ ।

उनले फिल्मको ग्रस आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गरिने बताए । उनले भनेका छन्, नेपालमा पछिल्लो समय बिनाशकारी बाढी आउँदा भुटान पनि रोएको छ, हामीलाई पनि उत्तिकै दुखेको छ । यसअघि भुटानका राजाले पनि सहयोग गरिसक्नुभएको छ, मेरो ब्यक्तिगत र हाम्रो टनेल २६ फिल्मको तर्फबाट पनि यो सहयोग गर्न चाहन्छु ।’

टनेल २६मा नेपालको तर्फबाट अभिनेता प्रदीप खड्का र चौधरी ग्रुपका निर्वाण चौधरीले निर्माणमा सहकार्य गरेका छन् । अभिनेता प्रदीप क्रिएटिभ निर्माताको रुपमा छन् । फिल्मलाई सङ्गे फिल्म्स र पिक एक्सभीले प्रस्तुत गरेका हुन् ।

निर्माणमा दोर्जी वाङ्चुक नेतृत्वको डोर्जिस प्रोडक्सन, प्रशान्त कुमार गुप्ता तथा कृष्ण गुप्ताको नेतृत्वको रेल्टिक पिक्चर्स, भुटान सरकार अन्तर्गतको निकाय तथा निर्देशक डीडी किन्लेको रोलिङ इमेज पिक्चर्सको सहकार्य छ ।

फिल्ममा सांगे सेल्ट्रिमसँगै अनुपविक्रम शाही र आना शर्माले मुख्य भूमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?