+
+
Shares

छोटो दुरीबाहेक रुट जाने पर्यटकलाई अनिवार्य गाइड लैजान एक्यापको अनुरोध

बाढी र पहिरोका कारण एक्याप क्षेत्रमा जोखिम देखिएको छ । सोहीकारण संरक्षण क्षेत्रभित्रको यात्रामा अनिवार्य गाइड लैजान भनिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १५:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढी र पहिरोका कारण जोखिम देखिएकाले एक्यापले छोटो दुरीबाहेकका रुटमा पदयात्रामा जाने पर्यटकलाई अनिवार्य गाइडसहित यात्रा गर्न अनुरोध गरेको छ ।
  • एक्यापले जोमसोम, मुक्तिनाथ र घान्द्रुकका लागि गाइड अनिवार्य नगरिएको जनाएको छ ।
  • एक्यापका अनुसार अन्नपूर्ण, मनास्लु र गौरिशंकर क्षेत्रमा प्रवेश अनुमतिपत्र आज १२ बजेदेखि जारी गर्न थालिएको छ ।

११ असोज, काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) ले छोटो दुरीबाहेक रुटमा पदयात्रामा जाने पर्यटकलाई अनिवार्य गाइड सहित यात्रा गर्न अनुरोध गरेको छ ।

बाढी र पहिरोका कारण एक्याप क्षेत्रमा जोखिम देखिएको छ । सोहीकारण संरक्षण क्षेत्रभित्रको यात्रामा अनिवार्य गाइड लैजान भनिएको हो ।

पर्यटकलाई इजाजतप्राप्त गाइडका साथमा घुमघाममा जान अनुरोध गरिएको छ । जोमसोम, मुक्तिनाथ, घान्द्रुकका लागि भने यो अनिवार्य गरिएको छैन ।

एक्यापका अनुसार अन्नपूर्ण, मनास्लु र गौरिशंकर क्षेत्रका प्रवेश अनुमतिपत्र आज १२ बजेदेखि जारी गर्न थालिएको छ । तर, प्रवेश अनुमति भने बाटोको अवस्था र मौसमको मूल्यांकन गरी मात्र दिइने समेत एक्यापले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?