News Summary
Generated by OK AI. Editorially reviewed.- ‘कमेडी च्याम्पियन’ सिजन ४ का १५ जना फाइनलिस्ट घोषणा भएका छन् ।
- निर्देशक तथा निर्माता विशाल भण्डारीले पछिल्लो एपिसोडबाट अन्तिम प्रतियोगी घोषणा गरिएको जनाएका छन् ।
- अन्तिम १० को छनोट ५० प्रतिशत जजको मूल्यांकन र ५० प्रतिशत दर्शकको मतका आधारमा तय गरिने भएको छ ।
काठमाडौं । ‘कमेडी च्याम्पियन’ सिजन ४ का १५ जना फाइनलिस्ट घोषणा भएका छन् । पछिल्लो एपिसोडबाट अन्तिम प्रतियोगी घोषणा गरिएको निर्देशक तथा निर्माता विशाल भण्डारीले जनाएका छन् ।
फाइनलिस्ट हुने नामहरूमा विपिन भट्टराई, कल्पना खतिवडा, किशोर ढुंगेल, डिल्लीराज अधिकारी, नवलजंग खड्का, सुभम सिंह छन् ।
साथै, अभिषेक काफ्ले, सन्दीप दवाडी, अर्जुन पोखरेल, दिवस कार्की, जतन अधिकारी, आशिष न्यौपाने, रोशन कार्की, पवन खवास र सन्तोष जेठरा छन् ।
यीमध्येबाट अन्तिम १० को छनोट ५० प्रतिशत जजको मूल्यांकन र ५० प्रतिशत दर्शकको मतको आधारमा तय गरिने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4