+
+
Shares

नारायणी नदीमा क्रुजसिप बगायो, पुलको पिलरमा धक्का

आइतबार दिउँसो नदीमा राखिएको क्रजुसिप बगाएको हो । बगेर आएको क्रुजसिपले नारायणी नदीमा रहेको पुलको पिलरमा धक्का दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनको नारायणी नदीमा राखिएको क्रुजसिप बाढीले बगाएर आइतबार दिउँसो पुलको पिलरमा ठोक्किएको छ।
  • एसपी रामेश्वर पौडेलले क्रुजसिप गैंडाकोटपट्टिको पिलरमा अड्किएको र पानीको सतह तथा बहाब बढिरहेको बताए।

११ असोज, काठमाडौं । चितवनस्थित नारायणी नदीमा राखिएको क्रुजसिप नै बाढीले बगाएको छ ।

आइतबार दिउँसो नदीमा राखिएको क्रजुसिप बगाएको हो । बगेर आएको क्रुजसिपले नारायणी नदीमा रहेको पुलको पिलरमा धक्का दिएको छ ।

अहिले पुलमा उक्त क्रुजसिप आएर ठोक्किएको एसपी रामेश्वर पौडेलले जानकारी दिए ।

‘पुलको गैंडाकोटपट्टिको पिल्लरमा अड्किएर बसेको छ । पानीको सतह बढ्दैछ, जोखिम पनि बढ्दैछ,’ उनले भने ।

उनले पानीको बहाब बढिरहेको पनि जानकारी दिए ।  उनका अनुसार अहिले पुलबाट सवारी सञ्चालनमा रोक लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?