+
+
Shares

माउन्टेन गाइड एसोसिएसनले भन्यो- हिमलुङ हिमपहिरोमा अझै १४ बेपत्ता

संस्थाका अनुसार पर्वतारोहण गाइड दुई जना मृत भेटिएका छन् । यद्यपि, पहिचान सार्वजनिक गरिएको छैन । अझै १४ जना बेपत्ता छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १८:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनाङको हिमलुङ हिमालमा हिमपहिरोपछि बेपत्ता १६ जनामध्ये दुई जना पर्वतारोहण गाइड मृत फेला परेको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले जनाएको छ ।
  • हिमपहिरोमा १४ किचेन स्टाफ र २ पर्वतारोहण गाइड बेपत्ता भएको र उनीहरू फरक–फरक कम्पनीबाट त्यहाँ पुगेको एसोसिएसनले जनाएको छ ।
  • एसोसिएसनको उद्धार टोली प्रभु हेलिकप्टरमार्फत घटनास्थल पुगेको छ र खोज तथा उद्धार जारी छ ।

११ असोज, काठमाडौं । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनले मनाङको हिमलुङ हिमालमा कुल १६ जना बेपत्ता रहेकोमा दुई जना मृत फेला परेको बताएको छ । अझै १४ जना बेपत्ता छन् ।

एसोसिएसनका अनुसार हिमपहिरोका कारण १४ किचेन स्टाफ र २ पर्वतारोहण गाइड बेपत्ता भएका थिए । उनीहरू फरक–फरक कम्पनीबाट त्यहाँ पुगेको समेत एसोसिएसनको पछिल्लो अपडेटमा उल्लेख छ ।

संस्थाका अनुसार पर्वतारोहण गाइड दुई जना मृत भेटिएका छन् । यद्यपि, पहिचान सार्वजनिक गरिएको छैन । एसोसिएसनको उद्धार टोली प्रभु हेलिकप्टर मार्फत हिमपहिरो गएको स्थानमा पुगेको छ । सोही स्थानमा खोजी र उद्धारको काम भइरहेको समेत संस्थाले जनाएको छ ।

खोज तथा उद्धारका लागि मिङ्मा जी, पासाङकाजी शेर्पा आशिष गुरुङ र पेम्बाछिरिङ शेर्पा घटनास्थल पुगेका छन् भने थप चार उद्धारकर्मी त्यसतर्फ जाने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?