११ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सबैभन्दा बढी को सुनिए होला ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ? या अरु कोही ? जवाफ दोस्रो प्रश्नमा छ । सही जवाफ, बालेन्द्र शाह ।
राष्ट्रसंघको आधिकारिक युट्युब च्यानलमा उपलब्ध राष्ट्रप्रमूखहरूको भाषणमा बालेन्द्र शाह सर्वाधिक सुनिएका/हेरिएका छन् । ‘म नेपालबाट यहाँ आएको छु । हिमालयको एक दुर्गम देश, जसले मानव जातिका लागि नजिकिदो चेतावनी बोकेर आएको छ’ भन्दै सुरु गरेको उनको सम्बोधन यो समाचार तयार पार्दासम्म पाँच लाख पटक हेरिएको छ । त्यसमा ५ हजार बढीले प्रतिक्रिया दिएका छन् ।
जबकि विश्वका महशक्ति भनिने अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण तेस्रो स्थानमा छन् । ट्रम्म्पको भिडियोलाई ३ दशमलव ८ लाख पटक हेरिएको छ । सुनिएको छ । उनलाई जम्माजम्मी १६ सयले प्रतिक्रिया दिएका छन् ।
बालेन्द्र शाहपछि दोस्रो नम्बरमा इरानका राष्ट्रपति मसुद पेजेस्कियानलाई बढी हेरिएका र सुनिएका छन् । १४ सयले प्रतिक्रिया दिएका छन् ।
अन्य मुलुकका राष्ट्रप्रमूखहरुलाई धेरैमा दुई लाख पटक सुनिएको वा हेरिएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सेप्टेम्बर २२ देखि २६ सम्म विश्वभरका सदस्य राष्ट्रका सरकार प्रमूखहरुले सम्बोधन गर्ने कार्यक्रम थियो । सोही सिलसिलामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह त्यहाँ उपस्थित थिए ।
बालेन्द्र शाहले खासगरी जलवायु परिवर्तनको मुद्दालाई पेचिलो ढंगले उठाएका थिए, जो विश्वका सबै प्रमुख मिडियाले प्राथमिकतासाथ कभरेज गरेका थिए ।
प्रतिक्रिया 4