+
+
Shares

क्रेनको सहायताले नारायणी पुलमा अड्किएको क्रुजसिप निकाल्ने प्रयास गरिंदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते २१:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवनमा नारायणी नदीको बाढीले बगाएर पुलको पिलरमा अड्किएको राइनो क्रुज सिप क्रेनको सहायताले निकाल्ने प्रयास अघि बढाइएको छ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुईवटा क्रेन प्रयोग गरेर क्रुजलाई गैंडाकोटतर्फ किनारामा लैजाने प्रयास गरिनेछ, नसके विकल्प अपनाइनेछ।
  • तीन तले क्रुज अड्किँदा पुल भत्कने जोखिम देखिएपछि केहीबेर यातायात रोकिएको थियो र साना तथा हलुका सवारी साधन मात्र सञ्चालन गर्न दिइएको थियो।

११, असोज, चितवन । नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुज सिपलाई क्रेनको सहायताले निकाल्ने प्रयास अगाडि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सकभर क्रुजलाई क्रेन लगाएर किनारामा लैजाने प्रयास गरिने र त्यसबाट पनि सम्भव नभए अन्य बैकल्पिक उपायहरू अपनाइने छ । दुईवटा क्रेनको सहायताले तानेर क्रुजलाई गैंडाकोटतर्फको भागमा नै लैजाने प्रयास गरिनेछ ।

आज साँझ नदीमा आएको भीषण बाढीले क्रुजलाई होटल रिभर क्राउन अगाडिबाट बगाएर पुलमा लगेको थियो । पुलको गैडाकोटतर्फको भागको पिलरमा क्रुज अड्किएको छ । तीन तले क्रुज पुलको पिलरमा अड्किदा पुल नै भत्कने सक्ने जोखिम भएकोल हटाउने उपाय थालिएको हो ।

पुलमा क्रुज अड्किएपछि केहीबेर यातायात बन्द गरिएको थियो तर, गैंडाकोटबाट नारायणगढतर्फ आउने र जाने स्थानीयहरू साँझपख घर फर्किनुपर्ने भएकोले साना तथा हलुका सवारी साधन सञ्चालन गर्न दिइएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाले क्रेन लगाएर क्रुज तान्ने प्रयास थालेपछि पुलमा सवारी चलाउन रोक लगाइएको जानकारी दिए ।

राइनोज क्रुजसिपका निर्देशक दीपक ढुङ्गेल भने अनुसार अनुसार राइनोज क्रुजसिपलाई रुखमा टुचिन लगाएर बाँधेको तर ठूलो बाढीले टुचिन नै चुडाएको बताए । क्रुजसिप राखिएको ठाँउमा दुईबाट रुखहरू आएर अड्किएर ठेल्दा टुचिन चुँडिएका थिए । २० एमएमका दुईवटा टुचिन अर्न्तराष्ट्रिय मापदण्ड अनुसार नै बाँधिएको कम्पनीको दाबी छ ।

क्रुजको तौल ७० टनभन्दा बढी छ । तर, तौरिरहेको अवस्थामा तौल निकै कम हुने कम्पनीको भनाइ छ । डेढ बर्ष अगाडि मात्रै क्रुजलाई नारायणी पुलभन्दा माथि ल्याइएको थियो । क्रुज १०० फिट लम्बाइ र २५ फिट चौडाइको क्रुजमा एकैपटकमा १८० जनासम्म यात्रु अटाउन सक्ने क्षमता थियो । झण्डैं १५ करोडको लगानीमा बनेको क्रुज नेपाल कै पहिलो क्रुज हो । क्रुजको बीमा गरिएको सञ्चालकहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?