+
+
Shares

काठमाडौंमा बिहानै हुस्सु, पारदर्शिता ८०० मिटर

आज बिहान काठमाडौंमा हुस्सु लागेको छ । त्यसैले आज बिहान अलि बढी चिसो महसुस पनि भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते ६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं उपत्यकामा अविरल वर्षा रोकिएपछि जनजीवन सामान्य बन्दै गएको छ।
  • मौसमविद् विनु महर्जनका अनुसार काठमाडौंमा सोमबार बिहान हुस्सु लागेको छ र भिजिबिलिटी करिब ८ सय मिटर छ।
  • महर्जनले आगामी तीन दिन ठूलो वर्षाको सम्भावना नरहेको बताइन्, तर केही स्थानमा हल्का र क्षणिक वर्षा हुनसक्नेछ।

१२ असोज, काठमाडौं । केही दिनदेखि जारी अविरल वर्षा रोकिएसँगै काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ ।

देशभरजस्तै काठमाडौंको मौसममा पनि सुधार हुँदै गएको छ । आज बिहान काठमाडौंमा हुस्सु लागेको छ । त्यसैले आज बिहान अलि बढी चिसो महसुस पनि भएको छ ।

मौसमविद विनु महर्जनका अनुसार काठमाडौं उपत्यकामा सोमबार बिहान हुस्सु लागेको छ । अहिले काठमाडौंको पारदर्शिता (भिजिबिलिटी) करिब ८ सय मिटर रहेको उनले जानकारी दिइन् ।

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ । दिउँसो तापक्रम बढेर २५ देखि २७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

तीन दिनसम्म ठूलो वर्षाको सम्भावना छैन

मौसमविद् महर्जनका अनुसार भारी तथा लगातारको वर्षा हिजोदेखि नै कम भएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने भए पनि ठूलो वर्षा गराउने प्रणाली तत्काल विकसित हुने सम्भावना नरहेको मौसमविद् महर्जनले बताइन् । आगामी तीन दिनको मौसममा पनि ठूलो वर्षाको सम्भावना देखिएको छैन ।

हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा भने क्षणिक र खण्डित वर्षा हुनसक्ने उनले जानकारी दिइन् ।

काठमाडौं उपत्यकामा पनि दिउँसो बादल लाग्ने र केही स्थानमा हल्का तथा क्षणिक वर्षा हुनसक्ने सम्भावना रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?