+
+
Shares

बैतडीमा चोरीको आरोपमा वडा सदस्यसहित चार जना पक्राउ

दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका बिनोद लुहारसहित चार जना चोरीको आरोपमा पक्राउ परेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते ७:५६
चोरी भएको घर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीमा दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य बिनोद लुहारसहित वडा सदस्य महेश कुहार, तबिराम लुहार र लक्ष्मण मौनी चोरीको आरोपमा पक्राउ परेका छन्।
  • प्रहरीका अनुसार एक महिना अघि दशरथचन्द नगरपालिका-५ आल गाउँका जयदेव भट्टको घरको छत फुटाएर तामाका भाडाकुडा चोरी भएको थियो।
  • जिल्ला प्रहरी कार्यालय बैतडीले सोही चोरीमा संलग्न रहेको आरोपमा चारै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

१२ असोज, बैतडी । बैतडीमा चोरीको आरोपमा वडा सदस्यसहित चार जना पक्राउ परेका छन् ।

दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका बिनोद लुहारसहित चार जना चोरीको आरोपमा पक्राउ परेका हुन् ।

कार्यपालिका सदस्य वडा सदस्य बिनोद लुहार, महेश कुहार, तबिराम लुहार र लक्ष्मण मौनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

एक महिना अघि मात्रै दशरथचन्द नगरपालिका-५ आल गाउँका जयदेव भट्टको घरमा कोही नभएको मौका छोपी घरको छत फुटाएर तामाका भाडाकुडा चोरी भएको थियो ।

सोही चोरीको घटनामा संलग्न रहेको आरोपमा चारै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?