+
+
Shares

देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क : सभापतिका लागि ३० हजार रुपैयाँ

वडा सभापतिका लागि २५० रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १२:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनका उम्मेदवारका लागि केन्द्रीय निर्वाचन समितिले मनोनयन शुल्क तोकेको छ।
  • केन्द्रीय सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार तथा सहमहामन्त्रीका लागि २० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
  • वडा सभापतिका लागि २५० देखि उपमहानगर–महानगरपालिका सभापतिका लागि सात हजार रुपैयाँसम्म मनोनयन शुल्क राखिएको निर्देशिकामा उल्लेख छ।

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत हुने विभिन्न तहका अधिवेशनका लागि उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ।

केन्द्रीय निर्वाचन समितिले तयार गरेको निर्वाचन निर्देशिकामा केन्द्रदेखि वडा तहसम्मका विभिन्न कार्यसमितिमा उम्मेदवार बन्ने आकांक्षीका लागि मनोनयन शुल्क तोकिएको छ ।

निर्देशिकामा केन्द्रीय कार्यसमिति सभापतिको निर्वाचनका लागि ३० हजार, केन्द्रीय उपसभापति र महामन्त्रीको निर्वाचनका लागि २५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

यस्तै सहमहामन्त्रीका आकांक्षीका लागि २० हजार र केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि १० हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।

केन्द्रीय कार्यसमिति चयनका लागि मतदाता मानिने केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूका लागि दुई हजार पाँच सय रुपैयाँ मनोनयन शुल्क निर्धारण गरिएको निर्देशिकामा उल्लेख छ ।

महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित हुन केन्द्रीय महासमिति सदस्य पदका आकांक्षीका लागि तीन हजार रुपैयाँ मनोनयन शुल्क तय गरिएको छ ।

यस्तै प्रदेशसभा क्षेत्रीय प्रतिनिधि पदको निर्वाचनका लागि पाँच सय र प्रदेश महाधिवेशन प्रतिनिधि पदको निर्वाचनको लागि एक हजार रुपैयाँ शुल्क राखिएको छ ।

इतर समूहको महाधिवेशनअन्तर्गत हुने प्रदेश अधिवेशनमा प्रदेश कार्यसमिति सभापतिका लागि १० हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६ हजार र सदस्य पदका लागि तीन हजार रुपैयाँ मनोनयन शुल्क तय गरिएको छ ।

यस्तै जिल्ला सभापतिका लागि पाँच हजार, उपसभापति र सचिवका लागि साढे तीन हजार, सहसचिवका लागि तीन हजार र सदस्यका लागि १५ सय रुपैयाँ शुल्क तोकिएको छ ।

निर्वाचन समितिले गाउँ–नगर वडा सभापतिका लागि २५०, गाउँपालिका र नगरपालिका सभापतिका लागि क्रमशः एक हजार र दुई हजार तथा उपमहानगर–महानगरपालिका सभापतिका लागि दुई हजार पाँच सय रुपैयाँ मनोनयन शुल्क तोकेको छ ।

त्यसैगरी प्रदेशसभा क्षेत्रीय कार्यसमिति सभापतिका आकांक्षीले दुई हजार पाँच सय र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सभापतिका आकांक्षीले ती हजार पाँच सय रुपैयाँ मनोनयन शुल्क तिर्नुपर्ने निर्देशिकमा उल्लेख छ ।

विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले गरिरहेको महाधिवेशनमा केन्द्रीय सभापतिका लागि ४० हजार, उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको छ ।

संस्थापनपक्षीय केन्द्रीय निर्वाचन समितिले तयार पारेको निर्वाचन निर्देशिकामा वडा सभापतिका लागि एक हजार, गाउँपालिका र नगरपालिका सभापतिका लागि मसान पाँच हजार र उपमहानगर–महानगरपालिका कार्यसमिति सभापतिका लागि सात हजार रुपैयाँ मनोनायन शुल्क लिइने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?