+
+
Shares

महाकालीमा पानीको बहाव घट्यो, वनवासा पुलमा सवारी आवागमन खुला

बाढीका कारण पानीको सतह बढेपछि सुरक्षाका कारण आइतबारदेखि नेपाल–भारत सीमा जोड्ने सो पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १५:१९

१२ असोज, कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा बाढीको बहाव घट्न थालेपछि वनवासा पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन खुला गरिएको छ ।

बाढीका कारण पानीको सतह बढेपछि सुरक्षाका कारण आइतबारदेखि नेपाल–भारत सीमा जोड्ने सो पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोकिएको थियो ।

नदीमा पानीको बहाव घटेसँगै सोमबार दिउँसोबाट सवारीसाधन सञ्चालनमा आएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी टेक रावतका अनुसार, अहिले महाकाली नदीमा पानीको बहाव ९८ हजार २७२ क्यूसेक पुगेको छ ।

लगातारको वर्षापछि महाकालीमा पानीको बहाव बढ्दा बनबासा पुलमा आवागमन प्रभावित भएको थियो ।

अहिले नदीको बहाव घटेसँगै पुलबाट सवारी आवागमन सामान्य भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?