१३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की निर्विरोध महाधिवेशन प्रतिनिधि छानिएका छन् ।
उनी सुनसरी–४ को क्षेत्रीय अधिवेशनबाट खस आर्यतर्फ निर्विरोध महाधिवेशन प्रतिनिधि चुनिएका हुन् ।
निर्वाचन अधिकृत दामोदर दाहालका अनुसार यसअघि नेता कार्की बराहक्षेत्र १० नम्बर वडाबाट निर्विरोध क्षेत्रीय प्रतिनिधि बनेका थिए ।
उनी महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वसभापति शेरबहादुर देउवाको समूह छाडेर संस्थापन पक्षमा गएका थिए ।
देउवा समूह छाडेर मूलधारमा फर्किएका अन्य नेताहरूसँगै कार्कीलाई पनि पार्टीले केन्द्रीय सदस्य बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4