काठमाडौं । अहिलेका चर्चित हिपहप गायक भियोमाले जडीबुटीस्थित क्लब १८ मा प्रस्तुति दिने भएका छन् । १६ असोजमा उनले त्यहाँ आफ्ना हिट गीतहरूमा प्रस्तुति दिनेछन् ।
साँझ ८ बजेदेखि सुरु हुने कन्सर्टमा भियोमाले आफ्ना हिट ट्रयाकहरू ‘भयंकर’, ‘मुक्तक’, ‘झुम्का’, ’गोरीझ, ’मायाले मात्य म’, ‘ढाका-धोती’, ‘भाइभ हान्यो’, ‘बाल्दे’ र ‘आक्रमण’ लगायत चर्चित गीतमा प्रत्यक्ष प्रस्तुति रहनेछ ।
भियोमाको लाइभ प्रस्तुतिसँगै डिजेको प्रस्तुति पनि कार्यक्रममा रहने आयोजकले जनाएको छ ।
दसैँको माहोल सुरु भइसकेको समयमा युवापुस्तालाई लक्षित गर्दै कार्यक्रम आयोजना गर्न लागिएको क्लब संचालक सुजन श्रेष्ठले बताए । दसैँअघि साथीभाइ तथा परिवारसँग भेटघाट गर्दै संगीत र मनोरञ्जनमा रमाउने वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4