काठमाडौँ । यही असोज ३० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म फिल्म ‘आ बाट आमा २’ को गीत रिलिज भएको छ । निर्माण टिमले प्रचारप्रसार स्वरुप फिल्ममा समावेश गीत ‘अचेल किन कान्छी’ को भिडियो रिलिज गरिएको हो।
डान्सिङ गीतमा पल शाह, मल्लिका महत, आकाश श्रेष्ठ लगायत सामूहिक डान्समा रमाइलो गरिरहेको देख्न सकिन्छ । सामूहिक विवाहमा उनीहरूको नाच रहेको छ । दुलाहाहरूले समेत छमछमी नाचेका छन्।
यस गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् । गीतको शब्द रचना, संगीत बाबुल गिरीले गरेका हुन् भने गायनमा रवि ओड र गंगा सोनामको रहेको छ । साथै सामूहिक स्वरमा भने शंकर सिंह ठकुरी, प्रेम राई अञ्जना खतिवडा, सुस्मिता दाहालको छ । पल शाह र मल्लिका महतको यो पहिलो फिल्ममा सहकार्य हो ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको यस फिल्ममा पल शाह, मल्लिका महत र विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ ।
प्रतिक्रिया 4