+
२०औं एसियन गेम्स :

एसियन गेम्स : पुरुष ५ हजार मिटर दौडमा मुकेश पाल नवौं*

२०८३ असोज  १३ गते १७:२८ २०८३ असोज १३ गते १७:२८

१३ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष ५ हजार मिटर दौडमा नेपालका मुकेश पालले राष्ट्रिय कीर्तिमान बनाउँदै नवौं स्थान हासिल गरेका छन् ।

नागोया सिटी मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको फाइनलमा मुकेशले १४ मिनेट ०३.६१ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । उनी विजेता बहराइनका बिरहानु बालिउभन्दा ३२.८२ सेकेन्डले पछि रहे ।

मुकेशले ५ हजार मिटरमा राष्ट्रिय कीर्तिमान बनाउनबाट करिब ३ सेकेन्डले चुके । यसअघि पुरुष ५ हजार मिटरमा राष्ट्रिय कीर्तिमान राजेन्द्र भण्डारीको नाममा थियो ।

उनले सन् २००६ मा दक्षिण एसियाली खेलकुदमा १४ मिनेट ०१.१९ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

मुकेशले एसियन गेम्समा जानुअघि राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य भएको बताएका थिए । ‘यसपालि मैले रेकर्ड ब्रेक गर्छु भन्ने अठोट छ । ५००० मिटरमा पनि नेसनल रेकर्ड ब्रेक गर्ने लक्ष्य छ’ मुकेशले अनलाइनखबरसँग भनेका थिए ।

बहराइनका बिरहानु बालिउ १३ मिनेट ३०.७९ सेकेन्डमा स्वर्ण जित्दा जापानका तोमोनोरी यामागुचीले १३ मिनेट ३१.४३ सेकेन्डमा रजत तथा भारतका गुलवीर सिंहले १३ मिनेट ३२.७५ सेकेन्डमा कांस्य पदक जिते ।

योसँगै एथ्लेटिक्समा नेपालका खेलाडीहरूको चुनौती समाप्त भएको छ ।

*यसअघि मुकेश पालले कीर्तिमान बनाएको भनेर प्रकाशित समाचारप्रति क्षमाप्रार्थी छौं

२०औं एसियन गेम्स एसियन गेम्स एथ्लेटिक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय