१३ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५ औं महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ ।
मंगलबार प्रेस विज्ञप्ति जारी गरेर सार्वजनिक गरिएको संशोधित कार्यतालिकाअनुसार महाधिवेशनको उद्घाटन १८ असोजमा हुने भएको छ ।
समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा १५ औं महाधिवेशन उद्घाटन समारोह १८ असोज २ बजे खुल्ला मञ्चमा सुरु हुने उल्लेख छ ।
उनका अनुसार बन्द सत्र र अन्य कार्यक्रमहरू १९ र २० असोजमा हुने छन् ।
यस्तै, निर्वाचन कार्यक्रमका लागि २१ र २२ असोजका दिन तोकिएका छन् ।
‘निर्वाचन कार्यक्रमसम्बन्धी अन्य कार्यक्रम र विस्तृत कार्यतालिका पछि प्रकाशित गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन समितिले प्रतिनिधि १५ असोजसम्म क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाइसक्न भनेको छ ।
महाधिवेशन प्रतिनिधि रजिस्ट्रेसन दर्ता गर्ने समयावधि १६ र १७ असोजका लागि तोकिएको छ ।
प्रतिक्रिया 4