१४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ स्थीर छ । युरोको भाउ भने घटेको छ ।
हिजो जस्तै आज पनि अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।
आज युरोपियन युरो र युके पाउण्ड स्टर्लिङको भाउ भने घटेको छ ।
आज युरो एकको खरिददर १७३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४४ पैसा छ । हिजो युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७४ रुपैयाँ थियो ।
आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५० पैसा छ । हिजो पाउन्ड स्टर्लिङको एकको खरिददर २०३ रुपैयाँ १६ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९६ पैसा थियो ।
आज स्वीस फ्र्यांक एकको खरिददर १८३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।
आज अष्ट्रेलियन डलरको भाउ पनि आज घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५० पैसा र बिक्रीदर १०७ रुपैयाँ ९२ पैसा थियो ।
यसैगरी क्यानेडियन डलरको भाउ आज घटेको छ । आज क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३७ पैसा तोकिएको छ । हिजो क्यानेडियन एकको खरिददर १०८ रुपैयाँ २३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६५ पैसा थियो ।
सिंगापुर डलरको भाउ पनि आज घटेको छ । नेपाल राष्ट्र बैंकले आज सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२० रुपैयाँ २९ पैसा निर्धारण गरेको छ । हिजो सिंगापुर डलर एकको खरिददर आज ११९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा निर्धारण गरेको थियो ।
आज अन्य विदेशी मुद्राको भाउ यस्तो छ
आज जापानी येन १० को खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ८६ पैसा र बिक्रीदर २२ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ८२ पैसा र बिक्रीदर ४० रुपैयाँ ९८ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४२ रुपैयाँ २२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा तथा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९० पैसा छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा छ ।
साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २९ पैसा र बिक्रीदर ११ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५ रुपैयाँ ३८ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २४ पैसा र बिक्रीदर २३ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९ रुपैयाँ ६१ पैसा तथा कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ५०० रुपैयाँ १० पैसा तोकेको छ ।
बहराइन दिनार एकको खरिददर ४०६ रुपैयाँ ५८ पैसा बिक्रीदर ४०८ रुपैयाँ १७ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ६८ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
प्रतिक्रिया 4