+
+
Shares

कर्णालीमा ३५ करोड यातायात राजस्व संकलन, सुर्खेतमा मात्रै साढे २९ करोड

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते ६:५२

१४ असोज, सुर्खेत । कर्णालीका तीन यातायात कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ३५ करोड ८ लाख ४३ हजार ५ सय ९० रुपैयाँ राजस्व संकलन गरेका छन्।

कुल राजस्वमध्ये २९ करोड ५६ लाख रुपैयाँभन्दा बढी सुर्खेतबाट मात्रै उठेको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमका अनुसार सुर्खेत यातायात कार्यालयले २९ करोड ५६ लाख ९ हजार ४ सय १० रुपैयाँ, रुकुम पश्चिमले ३ करोड ५७ लाख ९१ हजार ६ सय ५० रुपैयाँ र जुम्लाले १ करोड ९४ लाख ४२ हजार ५ सय ४० रुपैयाँ राजस्व संकलन गरेका हुन्।

तीन कार्यालयबाट संकलित कुल राजस्वमध्ये सुर्खेतको हिस्सा करिब ८४ प्रतिशत छ। रुकुम पश्चिमको करिब १० प्रतिशत र जुम्लाको करिब ६ प्रतिशत योगदान रहेको छ।

राजस्व संकलनको मुख्य आधार सवारीसाधन कर रहेको सचिव बमले बताए। कुल राजस्वको ८७.४६ प्रतिशत रकम सवारीसाधन करतर्फबाट संकलन भएको छ।

चालक अनुमतिपत्र, सवारी दर्ता तथा नवीकरण दस्तुरबाट १०.९४ प्रतिशत, प्रशासनिक दण्ड, जरिवाना तथा जफतबाट १.४८ प्रतिशत र अन्य प्रशासनिक सेवा शुल्कबाट ०।२१ प्रतिशत राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यातायात सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने जनाएको छ। राजस्व संकलनसँगै यातायात कार्यालयको प्रशासनिक व्यवस्थापन सुधार र सेवा प्रवाहलाई सहज बनाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?