१४ असोज, धनगढी । एसियाकै दोस्रो लामो कञ्चनपुरको दोधारा-चाँदनी झोलुङ्गे पुलको आवागमन रोकिएको छ ।
पुलको केही भागमा फलामका पाताहरू अस्वाभाविक रूपले माथि उठेको पाइएपछि आवाागमन बन्द गरिएको प्रहरीले जनाएको छ ।
दोधारा-चाँदनी नगरपालिकालाई कञ्चनपुर सदरमुकामसँग जोड्ने पुलको केही भागमा फलामका पाता नट, बोल्ट फुत्किएर माथितिर उठेको पाइएपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए ।
उनकाअनुसार अहिले झोलुङ्गे पुल भएर हिँड्ने दुई पांग्रे सवारी साधन र पैदल यात्रीलाई आउजाउमा पूर्ण रूपमा बन्देज लगाइएको छ । पुलको मर्मत सम्भार गरेपछि मात्रै आवागमन सुचारु गरिने प्रहरीले जनाएको छ ।
महाकाली नदीमाथि बनेको यो पुल एसियाकै दोस्रो लामो पुल हो । यसको लम्बाइ १ हजार ४५२ दशमलव ९६ मिटर रहेको छ ।
प्रतिक्रिया 4