+
+
Shares

काठमाडौंमा हिउँदयामको बिजुली व्यवस्थापनमा जुट्यो सरकार

थप भूमिगत ग्रिड निर्माणका लागि काठमाडौं महानगरपालिकासँग छलफल

भोटेकोशी बाढीले त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपलीमा आउने बिजुली रोकिएपछि वैकल्पिक व्यवस्थापनको गृहकार्य अगाडि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अधिकारीले बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १०:३५

१४ असोज, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ ।

बाढीले त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपलीमा आउने बिजुली रोकिएपछि वैकल्पिक व्यवस्थापनको गृहकार्य अगाडि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अधिकारीले बताएका छन् ।

भोटेकोशी बाढीले त्रिशूली करिडोरबाट आउने विद्युत अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ । यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृहकार्य अगाडि बढाएको प्रवक्ता मोहनकुमार शाक्यले बताए । उनकाअनुसार नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स बनाएरै काम गरिरहेको छ ।

थप भूमिगत ग्रिड निर्माणका लागि काठमाडौं महानगरपालिकासँग छलफल

मन्त्रालयले मंगलबार सडक विभाग र काठमाडौं महानगरपालिकासँग थप भूमिगत ग्रिड निर्माणका लागि छलफल गरेको छ । नेपाल विद्युत प्राधिकरणले हिउँदको वैकल्पिक व्यवस्थापनका लागि थप भूमिगत ग्रिड निर्माणको कार्य अगाडि बढाएको छ ।

कतिपय ठाउँमा भूमिगत वैकल्पिक विद्युत ग्रिडको विश्वसनीयताका लागि र थप भूमिगत ग्रिड निर्माण गर्नका निम्ति सडक विभाग र काठमाडौं महानगरपालिकासँग निश्चित तालिकासहित हिउँदको विद्युत व्यवस्थापनका लागि छलफल गरिएको प्रवक्ता शाक्यले बताए ।

छलफलमा सडक विभागका काठमाडौं डिभिजन प्रमुख सुबोध देवकोटाले भूमिगत ग्रिड निर्माण विभागका तर्फबाट आश्यक सहयोग र सहकार्य हुने प्रतिबद्धता जनाए ।

काठमाडौं महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख सुरेशकुमार राईले पनि फुटपाथभित्र भूमिगत तार व्यवस्थापन गर्दै आवश्यक सहकार्य गर्ने बताए ।

विद्युत प्राधिकरणका आयोजना निर्देशनालयका प्रमुख दुर्गानन्द बडियातले काठमाडौं उपत्यकाभित्र गरिरहेको भूमिगत तार व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै वितरण तथा ग्राहक सेवा निर्देशनालयको हिउँदे माग व्यवस्थापनको आवश्यकताबमोजिम सघन सहकार्य गर्ने बताए ।

छलफलमा काठमाडौंको लोड व्यवस्थापन र आवश्यक कार्यका विषयमा बागमती वितरण तथा ग्राहक निर्देशनालय प्रमुख मुनिन्द्र ठाकुरले प्रस्तुतीकरण गर्दै नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स बनाएर हिउँदे माग व्यवस्थापनको काम अगाडि बढाइरहेको बताए ।

छलफलमा नेपाल विद्युत प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले काठमाडौंको हिउँदे मागको व्यवस्थापनमा सबै निकायको उच्च सहकार्य र सहयोग आवश्यक रहेको बताए । उनले हिउँदमा विद्युतको चापलाई सहज व्यवस्थापनमार्फत सम्बोधन गर्न मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?