+
+
Shares

पाँचथरमा कांग्रेसको क्षेत्रीय सभापतिमा पोखरेल र तुम्बापो विजयी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते ११:०३

१४ असोज, पाँचथर । नेपाली कांग्रेसको १५औं महाधिवशेनअन्तर्गत पाँचथरका प्रदेश क्षेत्रीय सभापति निर्वाचनमार्फत् छनोट भएका छन् ।

प्रदेश निर्वाचन क्षेत्र–१ मा गणेश पोखरेल र २ मा भरत तुम्बापो सभापति पदमा विजयी भएका छन ।

४१० मत प्राप्त गर्दै पोखरेल विजयी भएका हुन । उनका प्रतिस्पर्धी अमिरहाङ केरुङले २९३ मत प्राप्त गरे ।

यस्तै, २ तर्फ तुम्बापो ३ सय ३ मत प्राप्त गर्दै विजयी भएका छन । उनका प्रतिस्पर्धी सन्तोष शेर्माले २ सय ८६ मत प्राप्त गरे ।

१ मा सचिवमा प्रदीप भण्डारी निर्वाचित भएका छन भने २ मा कैलाश शेर्मा सर्वसम्म भए ।

महाधिवेशन प्रतिनिधिको मतपरिणाम भने आउन बाँकी छ ।

 महाधिवेशन प्रतिनिधिका लागि कांग्रेस संसदिय दलका नेता भिष्मराज आङदेम्बे, केन्द्रीय सदस्य तथा सांसद नरेन्द्र कुमार केरुङ सहितको प्रतिस्पर्धा छ  । प्रारम्भिक मतपरिणममा उनीहरु शिर्ष अग्रता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?