+
+
Shares

कति रुचाइयो धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते ११:३९

अमेरिका पुगेका कलाकार जोडी सीतारम कट्टेल र कुन्जना घिमिरेले कमेडी श्रृंखला ‘म त मर्छु कि क्या हो’ निर्माण गरिरहेका छन् । लामो विश्रामपछि उनीहरू आफ्नो लयमा फर्किएका हुन् । यसबीचमा उनीहरूले ‘हिरोदेखि जिरोसम्म’ को अनुभव बटुलिसकेका छन् । अनेक उतारचढाव छिचोल्दै कलाकारितामा फर्किएको यो जोडीलाई दर्शकले कति रुचाएका छन् त ?

पछिल्लो श्रृंखला ‘म त मर्छु कि क्या हो’ मा आएको भ्युज र प्रतिक्रियाले भन्छ, ‘धेरैले रुचाइरहेका छन् ।’ गत शुक्रबार २६ भाद्रबाट प्रशारण शुरु भएको यो श्रृंखला पहिलो भाग २० लाख भन्दा बढीले हेरेका छन् । ‘यो हाम्रा लागि निकै ठूलो हौसला भएको छ’ सीतारामले भने ।

दोस्रो भाग १५ लाख माथिले हेरिसकेका छन् भने पहिलो भाग साढे सात लाख पुग्न लागेको छ । ‘सुरुवात सोचेभन्दा निकै उत्साहजनक देखियो’ कलाकार मोहन मिश्र भन्छन्, ‘देश बाहिर रहेर पनि निकै गज्जबको काम भएको छ ।’

लामो समयपछिको प्रवासबाट भएको कमब्याक सुखद् देखिन्छ । ‘लामै ग्यापपछि नयाँ सिरियल लिएर आउँदा पहिलो एपिसोडको दर्शक शुभेच्छुकको प्रतिक्रियाले हामीलाई एकदमै उत्साहित बनाएको छ’ कट्टेल भन्छन्, ‘विदेशबाट सिरियल बनाउन कम चुनौतीपूर्ण छैन तर सक्दो राम्रो बनाउने प्रयास गर्नेछौँ ।’

धुर्मुस सुन्तली मिडियाले निर्माण गरेको यो सिरियल नेपाली समयअनुसार हरेक शुक्रबार साँझ ८:१५ बजे अमेरिकी समय बिहान १०:३० बजे प्रसारण हुँदै आएको छ ।

अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलमा सिरियलमा मोहन मिश्र, दिनेश कार्की, शंकर राज वाग्ले, सुविहानी कट्टेल, संयम लामिछाने, मनिका चौलागाँई, चुडा धिमाल, धर्म भारती, शुभद्रा आचार्य लगायत कलाकारको अभिनय देख्न सकिनेछ ।

राजु केसीको छायांकन रहेको सिरियलमा आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बजगाईंको संगीत तथा राजेन्द्र मानन्धरको सम्पादन रहेको छ ।

अधिकांश दर्शकले सीतारालेले देश बाहिरैबाट भए पनि अभिनयलाई निरन्तरता दिएकोमा खुसी व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?