+
+
Shares

‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १२:२५

१४ असोज, काठमाडौं । महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ । मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा एक समारोहका बीच पुस्तक सार्वजनिक गरियो ।

द स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय लैङ्गिक अध्ययन केन्द्रीय विभागको सहकार्यमा पुस्तक प्रकाशित भएको हो ।

विमोचन कार्यक्रममा अतिथि त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. दुबीनन्द ढकाल प्रमुख अतिथि रहेका थिए । त्यसैगरी द स्टोरी किचेनका अध्यक्ष डा. जया लुइँटेल र कार्यकारी सदस्य निर्मला ज्ञवाली यसै पुस्तका सम्पादक तथा मेन्टर डा. हरिकला अधिकारी, लैंगिक अध्ययन विभागकी प्रमुख जमुना शिवाकोटी र सिनासका कार्यकारी निर्देशक डा मृगेन्द्र बहादुर कार्कीका साथै फेलो तथा लेखकहरूले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन् ।

पुस्तकमा नेपालका महिला र महिला भित्रका विविध महिलाहरुको अनुभव, भोगाइ र संघर्ष तथा राजनीतिक/सामाजिक आन्दोलनहरुमा गरेको योगदानहरु समेटिएका छन् । पुस्तकमा २५ जना फेलो तथा लेखकहरूका आलेख समावेश छन् । ती आलेखमा महिला भित्रका विविधताका विषय समेटिएका छन् । साथै दलित एवं आदिवासी जनजाति समुदाय भित्रका अपांगता भएका महिलाहरूले भोगिरहेको बहुतहको विभेदको अवस्था तथा लैंगिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवालहरू समावेश छन् ।

‘सन्धान’ द स्टोरी किचेनले सुरु गरेको महिलावादी अनलाइन पोर्टल हो । द स्टोरी किचेनले सन् २०२२ देखि हरेक वर्ष पत्रकार, लेखक तथा विश्वविद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थीहरुका लागि ‘सन्धान फेलोसिप’ प्रदान गर्दै आएको छ ।

फेलोसिप अन्तर्गत पहिलो र दोस्रो ब्याचका २१ जना फेलो लेखकहरूले लेखेका आलेखहरूको सङ्ग्रह ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह श्रृंखला १’ सन् २०२४ मा प्रकाशित भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?