+
+
Shares

सञ्चारमन्त्रीले भने- सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ

‘सामाजिक सञ्जाल प्लेटफर्ममा प्रकाशन र प्रसारण हुने सामग्रीहरूको फ्याक्ट चेक तथ्य जाँच गर्ने एउटा अधययन पनि अगाडि जानकारी गराउन चाहन्छु ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १५:२९

१४ असोज, काठमाडौं । सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ । यसका निम्ति छुट्टै अध्ययन गरिँदैछ ।

सूचना तथा संचारमन्त्री डा. विक्रम तिमिल्सिनाले यसबारे संसदलाई जानकारी दिएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले भनेका छन्, ‘सामाजिक सञ्जाल प्लेटफर्ममा प्रकाशन र प्रसारण हुने सामग्रीहरूको फ्याक्ट चेक तथ्य जाँच गर्ने एउटा अधययन पनि अगाडि जानकारी गराउन चाहन्छु ।’

यो विषयमा सञ्चार मन्त्रालयले गृहमन्त्रालय र साइबर ब्युरोसँग पनि आवश्यक छलफल, समन्वय र सहकार्य गरिरहेको बताएका छन् ।

सामाजिक सञ्जालमा गलत सूचना राख्नेलाई सचेत गराउनुपर्ने, कारबाही गर्नुपर्ने विषय संसद्मा समेत उठेको बताए ।

चरित्र हत्याको विषयमा अहिले पनि सरकारले काम गरिरहेको बताए ।

साथै, मन्त्री तिमिल्सिनाले आमसञ्चार ऐन संशोधन विधेयक र प्रेस काउन्सिल नेपाल ऐन संशोधन विधेयक पनि ल्याइँदै गरेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?