१४ असोज, काठमाडौं । पूर्वपरराष्ट्र मन्त्री तथा वरिष्ठ कूटनीतिज्ञ रमेशनाथ पाण्डेको नयाँ कथा संग्रह ‘संसारपारिको संसार’ प्रकाशित भएको छ । यो पुस्तकलाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो । बहुचर्चित पुस्तक ‘कूटनीति र राजनीति’ तथा ‘क्रान्ति र प्रतिक्रान्ति’ पछि पाण्डेले यो नयाँ कथा संग्रह पाठकसामु ल्याएका हुन् ।
नयाँ कथा संग्रह सार्वजनिक भएसँगै लेखक पाण्डेको हस्ताक्षर कार्यक्रम आयोजना हुने भएको छ । उक्त कार्यक्रम आगामी शुक्रबार दिउँसो १ बजे कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा हुनेछ । कार्यक्रममा पाठकसँग साक्षात्कार र पुस्तकमा हस्ताक्षर गरिनेछ ।
नेपालको कूटनीतिमा सशक्त भूमिका निर्वाह गरेका पाण्डेको यो कृतिले नेपाली साहित्य र समाजलाई नयाँ दृष्टिकोण दिने अपेक्षा गरिएको छ । नेपालको राजनीतिक स्वामित्व नेपालीकै हातमा सुरक्षित राख्न उनी निरन्तर सक्रिय रहँदै आएका छन् ।
यस पुस्तकको मूल्य ६०० रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया 4