+
+
Shares

बच्चामा देखिने यी ६ बानी, जसले अभिभावकत्व ठिक नभएको संकेत गर्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १८:२१

बच्चामा हुने खराब बानीका लागि धेरै अभिभावकले बच्चालाई गाली गर्छन्, सम्झाउँछन्, कसैकसैले त थप्पड पनि लगाउँछन् । तर ती बच्चामा देखिने खराब बानीहरू प्रायगरी अभिभावककै कारणले बसेका हुन्छन् भन्ने कुरामा विचार पुर्‍याइएको हुँदैन ।

सन्तान हुर्काउने क्रममा अभिभावकहरूबाट जानी-नजानी धेरै गल्तीहरू हुन सक्छन् । कारण जे भए पनि, यसको असर अन्ततः बच्चामा पर्छ । यदि तपाईंको अभिभावकत्व राम्रो छैन भने त्यसका लक्षणहरू बच्चाहरूमा स्पष्ट देखिन्छ ।

१.अनुशासनको अवस्था

बच्चाको हुर्काइको गुणस्तर बुझ्न उनीहरूको अनुशासनलाई हेर्नुहोस् । यदि कुनै बच्चा आफ्नो दिनचर्यालाई लिएर अत्यधिक डराएको वा चिन्तित छ– जस्तै सधैं हप्काइ वा गालीको डर मान्छ भने उसका अभिभावकले अत्यधिक कडा अनुशासन लादेका छन् भनेर बुझ्न सकिन्छ । अर्कोतर्फ, दैनिक कामहरूमा लापरवाही हुनु र आफ्ना सामानहरू पनि लथालिंग छाड्ने जस्ता व्यवहार छ भने उसका अभिभावकले राम्रो अनुशासन नसिकाएको बुझ्न सकिन्छ । आफ्नो दिनचर्यामा सहज महसुस गर्ने बच्चा असल अभिभावकत्वको संकेत हो ।

२.एकान्तमा बस्ने वा चुपचाप रहने

अत्यधिक नियन्त्रणमा हुर्केका र बोल्ने वा आफ्ना निर्णय आफैं लिने स्वतन्त्रता नपाएका बच्चाहरूमा प्रायः एकान्तमा बस्ने वा चुपचाप रहने बानी विकास हुन्छ । यो पनि कडाइ गर्ने नाममा बच्चाहरूमाथि गरिएको खराब अभिभावकत्वको उदाहरण नै हो । तर कहिलेकाहीँ यस्तो व्यवहार मानसिक स्वास्थ्यमा समस्या रहेको सूचक पनि हुन सक्छ ।

३.जंक फुडप्रति अत्यधिक रुचि

आजभोलि बच्चाहरूमा जंक फुडको मोह बढ्दो छ, तर घरको खाना अस्वीकार गर्ने र बाहिर पाइने प्याकेटबन्द खाना मात्र खाने जिद्दी गर्नुले कमजोर अभिभावकत्वलाई संकेत गर्छ । यसले अभिभावकले बच्चाको खानपानमा पर्याप्त ध्यान नदिएको देखाउँछ । यदि यस्ता खानामा अभिभावककै धेरै रूचि छ र उनीहरू प्राय यस्तै खाना खाइरहन्छन् भने बच्चामा पनि स्वत: त्यही बानी बस्न जान्छ ।

४.आत्मविश्वासको कमी

तपाईंले यस्ता बच्चाहरू देख्नुभएको होला जसलाई आफ्नो शारीरिक बनावटप्रति आत्मविश्वास हुँदैन । उनीहरू आफ्ना अन्य क्षमतामा पनि त्यति विश्वास गर्दैनन् । अभिभावकको बेवास्ताले यस्तो मानसिकता निर्माणमा भूमिका खेल्छ । अभिभावकले दिएको माया ‘सर्तसहितको’ थियो भन्ने कुरा बच्चाको यस्ता व्यवहारले देखाउँछ ।

५.अत्यधिक रिस

सन् २०१४ को एक अध्ययन अनुसार, साना-साना कुरामा पनि रिसाउने बच्चाहरूमा यस्तो व्यवहार प्रायः कडा अभिभावकत्वका कारण देखिन्छ– जस्तै सामान्य कुरामा पनि सधैं हप्काउने, कराउने वा धम्की दिने गर्नाले बच्चामा सानै कुरामा पनि रिसाउने बानी बस्छ । यसले उनीहरूको समग्र व्यवहारमै ठूलो परिवर्तन ल्याउन सक्छ ।

६.रूखो बोली

यदि तपाईंको छुच्चो बोल्नुहुन्छ, झर्किएर बोल्नुहुन्छ, वा बोलीचालीमा कडा खालका शब्दहरू प्रयोग गर्नुहुन्छ भने तपाईंको बच्चामा पनि त्यस्तै गुण देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?