+
+
Shares

राष्ट्रिय सभा सांसदको प्रश्न– कर्णालीका सडकको दुर्दशा कहिलेसम्म हेर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १७:३८

१५ असोज, काठमाडौं । नेकपा (एमाले)की सांसद मिनासिंह रखालले कर्णालीका सडकको दुरावस्थाप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले कर्णालीका अधिकांश सडक साँघुरा, जोखिमपूर्ण र कतिपय स्थानमा अझै कच्ची रहेको बताइन् । सामान्य वर्षामै सडक हिलाम्य हुने र जोखिमपूर्ण यात्राका कारण नागरिकले ज्यानको जोखिम मोलनुपरेको उनको भनाइ छ ।

सडक दुर्घटनामा कतिपयले ज्यान गुमाएको र कतिपय जीवनभर अपांग भएर बाँच्न बाध्य भएको उल्लेख गरिन् ।

‘कर्णालीका सडकको दुर्दशा कहिलेसम्म हेरेर बस्ने ? साँघुरा सडक, धेरै ठाउँमा अझै पनि कच्ची बाटो, सामान्य वर्षामै हिलाम्य र जोखिमपूर्ण सडकका कारण कर्णाली जनताले ज्यानको जोखिम बोकेर यात्रा गरिरहनुभएको छ । डिक दुर्घटनामा कतिपयले ज्यान गुमाएका छन् । कतिपय जीवनभरका लागि अपांग भएर बाँच्न बाध्य छन्,’ उनले भनिन् ।

दुर्घटनाका कारण अपांगता भएका परिवारका ज्येष्ठ नागरिक र बालबालिकाको भविष्यसमेत प्रभावित भइरहेको उनले बताइन् । सांसद रखालले दुर्घटनापछि राहत र संवेदना व्यक्त गर्नुभन्दा दुर्घटना नै हुन नदिने गरी सुरक्षित सडक निर्माणमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।

‘अपांग परिवारमा जेष्ठ नागरिक र बालबालिकाको भविष्य अन्धार भएको छ । संघीय सरकारलाई मेरो प्रश्न छ कि दुर्घटना भएपछि राहत र संवेदना दिने होइन, दुर्घटना हुनै नदिने सुरक्षित सडक कहिले बनाउने ? सडकको नाममा बजेट छुट्याएर कागजमा प्रगति देखाउने की नागरिकले सुरक्षित रुपमा यात्रा गर्न सक्ने सडक बनाउने ?,’ उनले भने ।

उनले सडकका नाममा बजेट छुट्याएर कागजमा मात्रै प्रगति देखाउने कि नागरिकले सुरक्षित रूपमा यात्रा गर्न सक्ने सडक बनाउने ? भन्दै प्रश्न पनि गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?