ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले भोलिबाट मुम्बईमा सुरु हुने आन्दोलनको प्रमुख माग भारतीय निर्वाचन आयोगका मुख्य आयुक्त ज्ञानेश कुमारमाथि आपराधिक मुद्दा रहेको बताएका छन् ।
भोलि(अक्टोबर २) बाट सुरु हुने देशव्यापी आन्दोलनका मागबारे बिहीबार मुम्बईमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रदर्शनकारीका प्रमुख मागमा ज्ञानेश कुमारविरुद्ध आपराधिक मुद्दा दर्ता गर्नुपर्ने, विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया रोक्नुपर्ने, सन् २०२५ को मतदाता सूचीका आधारमा निर्वाचन गराउनुपर्ने र नयाँ मुख्य निर्वाचन आयुक्त नियुक्तिका लागि स्वतन्त्र संस्था गठन गर्नुपर्ने रहेका छन् ।
दीपकेले वर्तमान निर्वाचन प्रक्रियालाई लिएर विभिन्न प्रश्न उठिरहेको दाबी गर्दै ती विषय समाधान गर्न मुख्य निर्वाचन आयुक्तले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
उनले ज्ञानेश कुमारले पदबाट राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताए । ‘हाम्रो माग एसआईआर प्रक्रिया तत्काल रोक्नुपर्ने, सन् २०२५ को मतदाता सूचीका आधारमा निर्वाचन गराउनुपर्ने र नयाँ मुख्य निर्वाचन आयुक्तको चयन स्वतन्त्र संस्थामार्फत हुनुपर्ने हो’, उनले भने ।
प्रतिक्रिया 4