+
+
Shares

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथ आज

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते ९:१७
फाइल तस्वीर

१६ असोज, काठमाडौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण आज हुँदैछ । आज अपराह्न पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरुको शपथ ग्रहण हुन लागेको हो ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले मनोनीत केन्द्रीय सदस्यहरुको शपथ ग्रहण अपराह्न तीन बजे हुन लागेको जानकारी दिए ।

असोज ५ गतेदेखि सुरु भएर ८ गते सम्पन्न भएको एमाले केन्द्रीय कमिटी बैठकले अन्य पार्टीबाट आएका १३ जनासहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । विधानमा १० प्रतिशत मनोनीत गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरु मनोनीत भएका थिए ।

एमालेले स्थायी कमिटीमा पनि ७ सदस्य मनोनीत गरेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता बनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?