+
+
Shares

बागमती प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शुक्रबार आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवराज रोका तथा सदस्यहरू डा. दीपकविक्रम थापा क्षेत्री र डा. सुरेन्द्रवरसिंह थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १५:१७

१६ असोज, काठमाडौं । बागमती प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शुक्रबार आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवराज रोका तथा सदस्यहरू डा. दीपकविक्रम थापा क्षेत्री र डा. सुरेन्द्रवरसिंह थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नवनियुक्त उपाध्यक्ष रोका राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गरेका व्यक्ति हुन् । उनले चीनको बेइजिङस्थित युनिभर्सिटी अफ इन्टरनेसनल बिजनेस एन्ड इकोनोमिक्सबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

उनीसँग सरकारी तथा गैरसरकारी क्षेत्रमा विभिन्न जिम्मेवारी सम्हालेको अनुभव रहेको छ । यस्तै, उनले यसअघि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षका रूपमा काम पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?