+

मैत्रीपूर्ण खेलमा भारतले शनिबार ब्राजिलसँग खेल्दै

२०८३ असोज  १६ गते १७:५५ २०८३ असोज १६ गते १७:५५

१६ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा भारतले शनिबार पाँचपटकको विश्वकप विजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्दैछ ।

भारत र ब्राजिलबीचको खेल कोलकातास्थित विवेकानन्द युवा भारती क्रिरांगनमा हुनेछ । यो सिनियर पुरुष अन्तर्राष्ट्रिय फुटबलमा भारत र ब्राजिलबीचको पहिलो भेट हुनेछ ।

खेलका लागि ब्राजिलको टोली कोलकाता आइपुगेको छ । ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले २६ सदस्यीय टोलीमा भिनिसियस जुनियर, राफिन्हा र एन्ड्रिकसहितका खेलाडीलाई समेटेका छन् ।

रियल मड्रिडका भिनिसियस र बार्सिलोनाका राफिन्हा ब्राजिलको आक्रमणका मुख्य खेलाडीका रूपमा रहेका छन् । रियल मड्रिडका युवा खेलाडी एन्ड्रिकसँगै चेल्सीका एस्टेभाओ, बोर्नमाउथका रायन तथा फ्लामेङ्गोका पेड्रो र सामुएल लिनो पनि टोलीमा छन् ।

ब्राजिलले भारतसँगको खेलअघि अस्ट्रेलियासँग दुई मैत्रीपूर्ण खेल खेलेको छ । ब्राजिलले सेप्टेम्बर २५ मा टाउन्सभिल र सेप्टेम्बर २९ मा ब्रिसबेनमा अस्ट्रेलियासँग खेलेपछि भारत आएको हो ।

फिफा विश्वकप खेलेको ब्राजिलको २६ सदस्यीय टोलीबाट यसपटक नौ खेलाडी मात्रै टोलीमा परेका छन् । नेयमारले विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् भने कासेमिरो, एलिसन, एडरसन, डानिलो र वेभर्टनलगायत अनुभवी खेलाडी यसपटक टोलीमा छैनन् ।

फिफा वरीयतामा ब्राजिल पाँचौं स्थानमा छ भने भारत १३८औं स्थानमा रहेको छ ।

भारतका मुख्य प्रशिक्षक खालिद जमिलले पनि ब्राजिल, पानामा र उरुग्वेविरुद्धका मैत्रीपूर्ण खेलका लागि २६ सदस्यीय टोली घोषणा गरेका छन् । भारतले सेप्टेम्बर २६ मा पानामासँग १-१ को बराबरी खेलिसकेको छ भने ब्राजिलपछि अक्टोबर ६ मा कोलकातामै उरुग्वेसँग खेल्नेछ ।

भारतको टोलीमा गोलकिपर गुरप्रीत सिंह सन्धुसहित अन्वर अली, अनिरुद्ध थापा, साहल अब्दुल समद र मनवीर सिंहलगायत खेलाडी रहेका छन् ।

भारतको टोली : एल्बिनो गोम्स, गुरप्रीत सिंह सन्धु, प्रभसुखन सिंह गिल, सोम कुमार, अभिषेक सिंह तेचाम, आकाश मिश्र, अन्वर अली, बिजोय वर्गिस, ह्मिङथानमाविया राल्टे, जय गुप्ता, प्रमवीर, रिकी मेइतेई हाओबाम, अनिरुद्ध थापा, आशिक कुरुनियन, फारुख चौधरी, लालेंगमाविया राल्टे, माकार्टन निक्सन, मोहम्मद सनान, रिकी शाबोङ, साहल अब्दुल समद, एडमन्ड लालरिन्दिका, इरफान याडवाड, मनवीर सिंह, रहिम अली, रायन विलियम्स र विक्रम प्रताप सिंह।

ब्राजिलको टोली : ह्युगो सौजा, पेड्रो मोरिस्को, ओटाभियो, आर्थर डियास, डगलस सान्तोस, गाब्रियल मागाल्हाएस, जाइर, मार्किन्होस, माथेउजिन्हो, माउरो जुनियर, भिटोर रेस, वेस्ली, आन्द्रे सान्तोस, ब्रेनो बिदोन, ब्रुनो गिमारेस, डानिलो सान्तोस, डगलस लुइज, गाब्रियल बोन्तेम्पो, एन्ड्रिक, एस्टेभाओ, गाब्रियल मार्टिनेली, पेड्रो, राफिन्हा, रायन, सामुएल लिनो र भिनिसियस जुनियर ।

भारत र ब्राजिल मैत्रीपूर्ण फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय