+
+
Shares

नर्सरी चोकको गुठीको जग्गामा पर्खाल लगाएर भोगचलन, खाली गर्न प्रशासनको निर्देशन

प्रशासनका अनुसार उक्त जग्गामा देवेन्द्र सुब्बा, धीरेन्द्र प्रधान र चिरञ्जिवी देवकोटाले पर्खाल लगाएर भोचलन गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १९:४८

१६ असोज, काठमाडौं । काठमाडौं प्रशासन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका-१६ स्थित रानीबनको नर्सरीचोकमा गुठीको जग्गा भोगचलन गरिरहेकाहरूलाई तत्काल खाली गराउन निर्देशन दिएको छ।

त्यहाँस्थित नक्सा सिट नम्बर १०२-१०२३-०६ कित्ता नम्बर ३६ र नक्सा सिट नम्बर १०२-१०२३-११ कित्ता नम्बर १६को क्षेत्रफल क्रमश: ३१९.८० र ५२.८२ वर्गमिटर श्रेस्तामा अन्नपूर्ण माइस्थान गुठीको जग्गा व्यक्तिले भोगचलन गरेको पाइएपछि प्रशासनले खाली गर्न भनेको हो।

असन अन्नपूर्ण माइस्थान गुठीको नाममा रहेको उक्त जग्गा व्यक्तिले भोगचलन गरेको उजुरीपछि नापी कार्यालय र स्थानीय तहका प्रतिनिधिसहितको अनुगमन तथा निरीक्षण गरिएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार उक्त जग्गामा देवेन्द्र सुब्बा, धीरेन्द्र प्रधान र चिरञ्जिवी देवकोटाले पर्खाल लगाएर भोचलन गरेका छन्।

यसअघि उक्त जग्गा खाली गरिदिन भन्दै गुठी संस्थानलाई पत्र पठाइएको भए पनि खाली नभएपछि सम्बन्धित व्यक्तिकै नाममा प्रशासन कार्यालयले १५ दिने सूचना जारी गरेको हो।

‘यो सूचनालाई अटेर गरी तोकिएको समयावधीभित्र अभिक्रमित जग्गा खाली नगरेमा प्रचलित कानुन बमोजिम खाली गराइ सार्वजनिक प्रयोगमा ल्याइने बेहोरा सूचित गरिन्छ,’ प्रशासनको सूचनामा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?