+
+
Shares

रसुवाको बाढीमा बेपत्ता सेनाका जवानको कुशको शव बनाएर अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते १२:३१

१७ असोज, जनकपुरधाम । रसुवाको बाढीमा बेपत्ता नेपाली सेना जवान रौतहटको मौलापुर नगरपालिका–७ सगैयाका बैधनाथ साह कानुका छोरा २२ वर्षीय अभिषेक गुप्ताको कुशको शव बनाएर परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।

नेपाली सेनाको श्री शेरगण कार्यालयमा कार्यरत अभिषेक गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीमा बेपत्ता भएका थिए ।

घटनापछि नेपाली सेना, विभिन्न सुरक्षा निकाय तथा स्थानीयवासीको सहयोगमा उनको खोजी कार्य लामो समयसम्म जारी राखिएको थियो । तर, हालसम्म पनि उनको अवस्था र ठेगाना पत्ता लाग्न सकेको छैन ।

अभिषेकको अवस्था लामो समयसम्म अज्ञात रहेपछि मृत्यु भइसकेको ठानेर हिन्दु परम्पराअनुसार शुक्रबार उनको कुशको शव बनाई अन्तिम दाहसंस्कार गरिएको हो ।

अन्त्येष्टिका क्रममा नेपाली सेनाले उनलाई सैनिक सम्मानसहित सलामी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?