+
+
Shares

कांग्रेस महाधिवेशनमा विद्युतीय मतदान नहुने

विद्युतीय मेसिनबाट मतदान गराउँदा पनि नतिजा आउन एक दिनभन्दा बढी समय लाग्ने भन्दै कागजी विधिबाट मतदान गराउन लागिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते ९:२७

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि विद्युतीय भोटिङ नहुने भएको छ ।

विद्युतीय मेसिनबाट मतदान गराउँदा पनि नतिजा आउन एक दिनभन्दा बढी समय लाग्ने भन्दै कागजी विधिबाट मतदान गराउन लागिएको हो ।

नेपाली कांग्रेसको १५औं महाधिवेशन आज खुलामञ्चमा हुँदैछ । नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भोलि उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका छ ।

मतदान तीन ठाउँमा हुने छ । खुलामञ्च, राष्ट्रिय सभा गृह, प्रज्ञा प्रतिष्ठान कमलादीमामा मतदानको प्रबन्ध गर्ने तयारी छ ।

‘विद्युतीय मेसिनको सम्बन्धमा राम–लक्षमणसँग कुरा भएको थियो । तर उहाँहरुले सात हजार बढी प्रतिनिधि रहेकाले एक–दुई दिनमै नतिजा निकाल्न सम्भव हुन्न भनेकाले पुरानै कागजी विधिबाट मतदान गर्ने निष्कर्षमा पुगियो,’ कांग्रेसका एक नेताले भने ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?