+
+
Shares

एभरेस्ट बैंक र दिल्लीस्थित मेदान्त अस्पतालबीच ग्राहक छुटसम्बन्धी सम्झौता

यस्तो छुट सुविधा प्राप्त गर्न अस्पतालको बिल भुक्तानी एभरेस्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गर्नुपर्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १४:१०

१८ असोज, काठमाडौं । एभरेस्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्वास्थ्य जाँच/परीक्षण सेवामा छुट प्रदान गर्ने उद्देश्यले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पताल (द मेडिसिटी) सँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार एभरेस्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले दिल्ली लगायत गुरुग्राम, लखनऊ, इन्दौर, राँची र नोएडामा गरी विभिन्न सहरमा रहेका मेदान्त अस्पतालका १३ शाखामा उपचार गराउँदा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यो १५ प्रतिशत छुट अस्पतालको ओपीडी सेवा (डाक्टर परामर्श, प्रयोगशाला र रेडियोलोजी), आईपीडी सेवा (बेड भाडा, प्रयोगशाला र रेडियोलोजी) तथा मेदान्तको स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेजमा लागु हुनेछ ।

यस्तो छुट सुविधा प्राप्त गर्न अस्पतालको बिल भुक्तानी एभरेस्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गर्नुपर्ने छ । अस्पतालभित्र उपलब्ध सेवामा मात्र लागु हुने यो विशेष छुट सम्झौताले बैंकका ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?