+
+
Shares

एभरेस्ट बैंकको कारोबार एनसीएचएलको ईएफटी कार्ड स्विच मार्फत सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते ११:३४

१८ असार, काठमाडौं । एभरेस्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेसन) गरी नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालित ईएफटी कार्ड स्विच मार्फत कारोबार सुरु गरेको छ ।

यस महत्त्वपूर्ण उपलब्धीसँगै, अब भिसा कार्डको सम्पूर्ण इस्युइङ, अक्वायरिङ तथा कारोबारहरुको प्रोसेसिङ तथा राउटिङ एनसीएचएलको ईएफटी कार्ड स्विच मार्फत हुनेछ ।

साथै बैंकले अब नेपालपे कार्ड पनि इस्यू तथा अक्वायर गर्नेछ जसले गर्दा बैंकको नेसनल कार्ड स्किममा सहभागीता सबल हुनुका साथै देशव्यापी रुपमा एटीएम, पीओएस र मर्चेन्टका डिजिटल च्यानलहरुमा नेसनल कार्ड स्किमको स्वीकार्यता बढाउन सहयोग पुगेकोछ ।

नेपालपे कार्ड र अन्तर्राष्ट्रिय डिस्कोभर कार्डबीच सहकार्य भएको हुँदा बैंक कार्डको डोमेस्टिक तथा अन्तर्राष्ट्रिय स्वीकार्यताको क्षमता पनि थप विस्तार भएको छ ।

पुरानो कार्ड स्विचबाट एनसीएचएलको ईएफटी स्विचमा सफलतापूर्वक स्थानान्तरण गर्नुले बैंकलाई कार्ड सम्बन्धी कार्य सञ्चालन गर्न सहज बनाउनुका साथै सञ्चालनगत स्थायित्व कायम गर्ने, कुशलता वृद्धि गर्ने, सुरक्षा सुढृढ बनाउने तथा लागत अप्टिमाइजेसन गर्ने लगायतका सुविधा हुनेछ ।

हाल एनसीएचएलले ईएफटी कार्ड स्विच तथा सेवाहरू सञ्चालन गर्दै आएको छ । हालसम्म ११ भन्दा बढी बैंक तथा वित्तीय संस्था आवद्ध भएको ईएफटी कार्ड स्विचले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड स्कीमका कार्ड सम्बन्धी कारोबार प्रोसेसिङ गर्दछ । गत आर्थिक वर्षमा एनसीएचएलको ईएफटी स्विचमार्फत ४.२८ खर्बभन्दा बढिको कारोबार प्रोसेस भएको थियो ।

बैंकले आफ्ना १३२ शाखाहरु, ३२ राजस्व संकलन काउन्टर, ४ विस्तारित काउन्टर तथा १६७ एटीएम टर्मिनल मार्फत देशव्यापी रुपमा सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?