+
+
Shares

आन्दोलनमा प्रेस काउन्सिलका कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते ११:०८

१८ असार, काठमाडौं ।  प्रेस काउन्सिलका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

महंगी भत्ता नपाएको भन्दै काउन्सिलमा स्थायी कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल कार्यकक्षमा रहेका बेला अन्य कर्मचारीहरूले ढोका लागइदिएर बाहिर बसेका हुन् ।

कर्मचारीहरूका बीचमा विभेद भएको भन्दै करार कर्मचारी समेत असन्तुष्ट रहेका छन् ।

गत माघदेखी महंगी भत्ता नपाएको कर्मचारीहरूले बताएका छन् ।

काउन्सिलमा २२ जना स्थायी कर्मचारी रहेका छन् । उनीहरुले सूचना तथा प्रसारण विभागका महानिर्देशकविरुद्ध पनि आन्दोलन गरेको बताएका छन् ।

आर्थिक अधिकार, सूचना तथा प्रसारण बिभागका महानिर्देशकलाई हुने भएका कारण उनीहरूले यसमा जोडेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?