0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

एभरेस्ट बैंकद्वारा नेपाल – भारत क्रस बोर्डर रियल टाइम रेमिट्यान्स सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २८ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेस्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत नेपाल र भारतबीच क्रस बोर्डर रेमिट्यान्स सेवा शुरू गरेको छ ।
  • नेपालमा कार्यरत भारतीय नागरिकले दैनिक अधिकतम भारु १५ हजार र मासिक १ लाखसम्म भारत पठाउन सक्नेछन् ।
  • भारतमा कार्यरत नागरिकले मासिक सीमाविना नै दैनिक अधिकतम भारु २ लाखसम्म नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

२८ जेठ, काठमाडौं । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर (पीटूपी) सम्झौतासँगै एभरेस्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘ईबीएल टच २४’ मार्फत क्रस बोर्डर रेमिट्यान्स सेवा सुरु गरेको छ ।

बैंकले नेपाल र भारतबीच ‘रियल टाइम क्रस–बोर्डर रेमिट्यान्स सेवा’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यस नवीन डिजिटल सेवासँगै अब दुवै देशका नागरिकले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्काल रकम आदानप्रदान गर्न सक्नेछन् ।

नयाँ व्यवस्थापन अनुरूप यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन् । जसअन्तर्गत, नेपालमा कार्यरत भारतीय नागरिकले दैनिक अधिकतम भारु १५ हजार र मासिक अधिकतम भारु १ लाखसम्म सहजै भारत पठाउन सक्नेछन् ।

त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकले भने कुनै पनि मासिक सीमाविना नै दैनिक अधिकतम भारु २ लाखसम्म नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

नयाँ प्रणाली अन्तर्गत दुवै देशका ग्राहकले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (भीपीए)को प्रयोग गरी सजिलै रकम पठाउन सक्नेछन् । साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) आईडीमार्फत सिधै रकम प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?