+
+
Shares

धनगढीमा एभरेस्ट बैंकको १३४ औँ शाखा सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेस्ट बैंकले सोमबार धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकमा १३४ औँ शाखा विस्तार गरेको छ।
  • बैंकले सुदूरपश्चिम प्रदेशको नयाँ भवन उद्घाटन गरी प्रादेशिक कार्यालय पनि त्यहीँबाट सञ्चालन गर्ने जनाएको छ।
  • यो शाखासँगै सुदूरपश्चिम प्रदेशमा एभरेस्ट बैंकको शाखा संख्या १५ पुगेको छ।

६ असोज, काठमाडौं । एभरेस्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पस चोकमा १३४ औँ शाखा विस्तार गरेको छ ।

साथै सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन गरेको छ । बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवाहरु यहीं नयाँ भवनबाट प्रदान गर्ने जनाएको छ । यो शाखासँगै सुदूरपश्चिम प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ ।

धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा, धनगढी उपमहानगरपालिका वडा नं ८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञ राज तिमिल्सिना, विभिन्न उद्योग व्यवसायीहरू तथा बैंकका अन्य कर्मचारी लगायत स्थानीयबासीको उपस्थिति थियो ।

क्याम्पस चोक, धनगढीमा बैंकको आफ्नै भवनमा शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?