+

दशौं राष्ट्रिय खेलकुदमा निजी संघसंस्थाको सहभागितालाई जोड दिइने

२०८३ असोज  १८ गते १४:१७ २०८३ असोज १८ गते १४:१७

१८ असोज, काठमाडौं । दशौं राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्न पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी) अवधारणालाई अवलम्बन गरिने भएको छ ।

दशौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको आइतबार सुर्खेतमा बसेको बैठकले पीपीपीको अवधारणालाई जोड दिने निर्णय गरेको हो ।

‘प्रतियोगितालाई भव्य तथा व्यवस्थित तरिकाले सम्पन्न गर्न निजी संघ संस्था लगायत सबै सरोकारवालाहरुको सहभागितालाई जोड दिँदै पब्लिक–प्राइभेट पार्टनरसिप (पीपीपी)को अवधारणालाई अवलम्बन गरी प्रायोजकसँग एमओयू गरी कार्यान्वयन गर्ने निर्णय गरिएको छ,’ बैठकले निर्णय सुनाउँदै राखेप सदस्य सचिव रामचरित्र मेहताले भने ।

दशौं राष्ट्रिय खेलकुद मंसिर १६–२७ सम्म कर्णाली प्रदेशको विभिन्न जिल्लामा हुने तय छ । प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र एक ग्रहआवसीय नेपाली संघ गरी ११ टिमको सहभागिता रहने सदस्य सचिव मेहताले बताए ।

जसमा ३२ खेल समावेश गरिएको छ । पूर्वाधारको अभाव हुँदा केही खेल कर्णाली प्रदेशबाहिर गर्ने राखेपको तयारी छ ।

१०औँ राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय