१८ असोज, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गुन्जन शाह ठकुरीलाई नेपाल क्रिकेट संघ (क्यान)को सदस्य मनोनीत गरेको छ । राखेप सदस्य सचिवस्तरीय निर्णयले गुन्जनलाई क्यानको सदस्य मनोनीत गर्ने निर्णय गरेको हो।
नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २ को दफा ३ उपदफा (४) मा राखेपबाट संघको पदेन सदस्यमा पदमा मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार राखेपले गुन्जनलाई सदस्य मनोनित गरेको हो ।
यसअघि नयाँ सरकार बनेपछि राखेपले छुम्बी लामालाई सदस्यबाट फिर्ता बोलाएको थियो । रिक्त रहेको उक्त ठाउँमा गुञ्जनलाई पठाइएको हो ।
उनी यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको स्वकीयका रुपमा काम गर्थिन् ।
प्रतिक्रिया 4