+
+
Shares

शंकर पोखरेलको प्रश्न : रवि लामिछानेले दलहरूलाई संवाद्‌मा ल्याउँदा, सरकार किन गर्दैन ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १७:०७

१८ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूलाई संवादमा ल्याउन प्रर्यन्त गर्ने गरेको भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय गरेको छलफल स्मरण गरेका छन । साथै, सरकार किन संवादमा आउँदैन भनेर प्रश्न पनि गरेका छन् ।

काठमाडौंको खुलामञ्चमा कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राष्ट्रिय मुद्दाहरूमा राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनका लागि निरन्तर प्रर्यत्न गर्नुहुन्छ’ उनले भने, ‘तर सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन । सरकार संसदसँग संवाद गर्दैन । सरकार नागरिकसँग संवाद गर्दैन ।’

सरकारले राष्ट्रिय मुद्दाहरूमा चुनौतीको सामना गरेर जाने सन्दर्भमा संकल्प गर्न नसकेको उनले टिप्पणी गरे । यो अवस्थामा भविष्यमा आउन सक्ने विपद्को सामनाको विषय अनिश्चित रहेको बताए ।

सरकारको नेतृत्वको रास्वपाका संसदीय दलका नेता वालेन्द्र शाहले गरिरहेका छन् । यो बेला कतिपय अवस्थामा व्यवस्थाको विषयलाई लिएर समेत प्रश्नहरू उठ्ने गरेको स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?