+
+
Shares
रविको सम्बोधन :

‘गगनलाई ४० वर्षमै सभापति बन्ने प्रेरणा दिँदा लिएको भए म पनि कांग्रेस बन्थेँ हुँला’

‘सबैभन्दा अवसर पाएका मान्छेलाई टिकट वितरणमा प्राथमिकता नदिएको भए म पनि कांग्रेस हुन्थेँ होला । आज ५० वर्षको सभापति पाउँदा गौरवको महसुस गर्नुभएको छ । ४० वर्षमा नै सभापति बन्ने प्रेरणा दिँदा लिएको भए म पनि कांग्रेस हुन्थेँ होला ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १७:५२

१८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेसका राम्रा र कमजोरी भएका विषयहरू केलाएका छन् । आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५ औं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले कांग्रेस आन्तरिक विषयहरू केही केलाए ।

कांग्रेसले भौतिक पूँजी भएकाहरूलाई महत्व नदिएको भए आफू समेत ‘कांग्रेस हुन्थेँ हुँला’ भनेर कांग्रेसको आन्तरिक विषय स्मरण गरे ।

उनले भनेका छन्–

म पनि कांग्रेस हुन्थेँ होला, यदी कांग्रेसले पार्टीमा निष्ठालाई पूँजी मान्नेहरूलाई महत्व दिएको भए, न कि भौतिक पूँजी भएकाहरूलाई महत्व नदिएको भए म पनि कांग्रेस हुन्थेँ होला । यदि कांग्रेसले दूरदराजको पीछडिएको क्षेत्रको मान्छेलाई समानुपातिक भनिरहँदा सबैभन्दा अगाडि र सबैभन्दा अवसर पाएका मान्छेलाई टिकट वितरणमा प्राथमिकता नदिएको भए म पनि कांग्रेस हुन्थेँ होला । आज ५० वर्षको सभापति पाउँदा गौरवको महसुस गर्नुभएको छ । ४० वर्षमा नै सभापति बन्ने प्रेरणा दिँदा लिएको भए म पनि कांग्रेस हुन्थेँ होला । र, म पनि कांग्रेस हुन्थेँ होला, यदि कांग्रेसले आफ्नो लहलहाउँदो रुखलाई छाडेर अन्तै भोट हाल्न उर्दी जारी नगरेको भए । तर केही छैन । मुलुकको जिम्मेवारी मिलेरै अघि लैजाने हो ।

साथै, उनले सबैलाई समानुपातिक र समावेशी प्रतिनिधित्वको कुरालाई ख्याल गर्न आवश्यक रहेको बताए । राष्ट्रियता र राष्ट्रिय मुद्दाको विषयमा राजनीतिक दलहरू एकै भएर अगाडि बढ्नुपर्ने र बढ्ने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘जब मुलुकको कुरा हुन्छ । जब संविधानको कुरा हुन्छ । जब संघीय लोकतान्त्रिक गणतन्त्रको कुरा आउँछ । जब जनजिविकाको कुरा आउँछ । त्यतिखेर पार्टी फरक हुँदैन, झण्डा फरक हुँदैन । नारा फरक हुँदैन । एउटै कुरा हुन्छ, मुलुक, मुलुक र मुलुक ।’

यही कुरालाई आत्मसाथ गर्दै आफू कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा उभिएको रास्वपा सभापति लामिछानेले बताएका हुन् ।

मधेशको छोरोलाई प्रधानमन्त्री बनाएर आएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?