+
+
Shares

डिजिटल प्रविधिलाई प्रोत्साहन गर्नुपर्छ : प्रधानन्यायाधीश शर्मा 

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शीता, जवाफदेहिता र सार्वजनिक विश्वासका लागि डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्।  

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १३:१३

१९ असोज, काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शीता, जवाफदेहिता र सार्वजनिक विश्वासका लागि डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्।

इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश शर्माले प्रविधिको विकासले अन्तरनिर्भरता बढाए पनि जोखिम र चुनौतीहरू कुनै एक देशको सीमामा मात्र सीमित नहुने भएकाले समाधानका लागि सामूहिक प्रयास आवश्यक रहेको समेत बताएका हुन्।

उनले प्राकृतिक तथा मानव–सिर्जित संकटहरूले डिजिटल र प्रविधि पूर्वाधारसहितका समग्र पूर्वाधारहरूको जोखिमशीलतालाई उजागर गरिदिएको धारणा राखे।

अदालतको अभिलेखमा पहुँच गुमेमा न्यायपालिकाको कार्यसम्पादनमा गम्भीर असर पर्ने भएकाले सुरक्षित डिजिटल अभिलेख, भरपर्दो ब्याकअप र प्रभावकारी विपद् पुनरुत्थान प्रणालीको महत्व अझ बढेको उनको भनाइ छ।

उनले पछिल्लो समय न्यायपालिकामा मुद्दा व्यवस्थापन, इलेक्ट्रोनिक फाइलिङ, प्रमाण व्यवस्थापन र न्यायिक सुनुवाइ लगाएतमा प्रविधिको प्रयोग बढ्दै गएको उल्लेख गरे। डिजिटल रूपान्तरणको मूल उद्देश्य न्यायमा पहुँच सुदृढ गर्ने, छिटो–छरितो, लागत–प्रभावी र नागरिक–केन्द्रित न्याय सम्पादन सुनिश्चित गर्ने हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै उहाले इन्टरनेट गभर्नेन्स जोखिम व्यवस्थापन, पूर्वतयारी र उत्थानशीलतामा सुदृढ रूपमा आधारित हुनुपर्नेमा जोड दिए । सर्वोच्च अदालतले हालै तर्जुमा गरेको “न्यायिक सूचना तथा सञ्चार प्रविधि नीति २०२६“ले सूचना सुरक्षा लाई डिजिटल रूपान्तरणको मुख्य आधारको रूपमा स्थापित गरेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?