+
+
Shares

सैनामैनाका किसानले कृषिमन्त्रीलाई सुनाए सिँचाइ, मल, बिउ र बजारीकरण समस्या

मन्त्री चौधरीले सैनामैनाका विभिन्न स्थान पुगेर किसानका सुझाव र समस्या प्रत्यक्ष सुनेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते ११:५८

१९ असोज, काठमाडौं । कृषि क्षेत्रका चुनौती समाधान गर्न र आवश्यक नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले रुपन्देही सैनामैना नगरपालिकाका किसानसँग प्रत्यक्ष भेटघाट र छलफल गरेकी छिन् ।

१५ देखि १८ असोजसम्म लुम्बिनी प्रदेशका विभिन्न वन तथा कृषि क्षेत्र स्थलगत निरीक्षण क्रममा मन्त्री चौधरीले सैनामैनाका विभिन्न स्थान पुगेर किसानका सुझाव र समस्या प्रत्यक्ष सुनेकी हुन् ।

स्थानीयस्तरमा किसानसँगको भेटघाटमा उनीहरूले कृषि उत्पादन तथा बजारीकरण, सिँचाइ, मल, बिउ उपलब्धता र कृषि पूर्वाधार लगायत विषयमा आफूले भोग्दै आएका समस्या र गुनासा मन्त्रीसमक्ष राखेका थिए ।

किसानका समस्या र सुझाव प्रत्यक्ष सुनेपछि मन्त्री चौधरीले स्थानीयस्तरका वास्तविक समस्या पहिचान गरी तिनको समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गरिने बताइन् ।

छलफल क्रममा उनले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै किसानको आयआर्जन र जीवनस्तर सुधार गर्न आफ्नातर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?