News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५८ हजार ५ सय २२ मेट्रिक टन रासायनिक मल आपूर्ति भएको सरकारले जनाएको छ ।
- आपूर्ति भएको मलमध्ये ४ लाख ६८ हजार १६ मेट्रिक टन किसानलाई वितरण गरिसकिएको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बताइन् ।
- आगामी असार र साउन महिनाभित्र थप ९० हजार मेट्रिक टन रासायनिक मल भित्रिने अनुमान सरकारले गरेको छ ।
२८ जेठ, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षको हालसम्म ५ लाख ५८ हजारमेट्रिक टनभन्दा बढी रासायनिक मल आपूर्ति भइसकेको दाबी गरेको छ ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रश्नोत्तर कार्यक्रममा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री गीता चौधरीले यस्तो दाबी गरेकी हुन् ।
उनकाअनुसार ५ लाख ५८ हजार ५ सय २२ मेट्रिक टन मल आपूर्ति भएकोमा त्यसमध्ये ४ लाख ६८ हजार १६ मेट्रिक टन मल किसानलाई वितरण समेत गरिसकेकिएको छ ।
उनले गोदाममा रहेको र भित्रिएर प्रणालीमा इन्ट्री हुन बाँकी रहेको समेत गरी हाल १ लाख ३८ हजार ८ सय २ मेट्रिक टन मल मौज्दात रहेको बताइन् ।
मन्त्री चौधरीले चालु आर्थिक वर्षको असार मसान्तसम्म करिव ६ लाख मेट्रिक टन मल कृषकलाई अनुदानमा उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै यो हालसम्मकै सबैभन्दा ठूलो आपूर्ति परिमाण भएको दाबी गरिन् ।
उनले आगामी धान बालीको सिजनलाई लक्षित गर्दै मल अभाव हुन नदिन मल आपूर्तिकर्तासँग भएका सम्झौता कार्यान्वयनका लागि नियमित ताकेता भइरहेको बताइन् । यसको फलस्वरूप असारदेखि साउनसम्म करिब ९० हजार मेट्रिक टन मल भित्रिने सरकारको अनुमान रहेको पनि उनले सुनाइन् ।
प्रतिक्रिया 4