१९ असोज, काठमाडौं । भारत र वेस्ट इन्डिजलाई तीन खेलको एकदिवसीय शृंखलाको अन्तिम खेलमा स्लो ओभर रेट कायम गरेको भन्दै जरिवाना गरिएको छ ।
शनिबार न्यु चण्डीगढमा भएको खेलमा भारतलाई खेलाडीको म्याच फीको २० प्रतिशत र वेस्ट इन्डिजलाई १० प्रतिशत जरिवाना गरिएको हो ।
आईसीसी इन्टरनेसनल प्यानल अफ म्याच रेफ्रीका प्रकाश भट्टले समय छुटको गणना गरेपछि भारत चार ओभर र वेस्ट इन्डिज दुई ओभर कम भएको ठहर गर्दै दुवै टोलीमाथि कारबाही गरेका हुन् ।
आईसीसीको आचारसंहिताको धारा २.२२ अनुसार निर्धारित समयमा कम ओभर फ्याँक्दा प्रत्येक ओभरका लागि खेलाडीको म्याच फीको पाँच प्रतिशत जरिवाना हुने व्यवस्था छ ।
दुवै टोलीका कप्तानले आफ्नो गल्ती स्वीकार गर्दै प्रस्तावित कारबाही मानेपछि औपचारिक सुनुवाइ आवश्यक परेन ।
मैदानका अम्पायर जयरामन मदनगोपाल र साम नोगाज्की, तेस्रो अम्पायर शर्फुद्दौला इब्ने शाहिद तथा चौथो अम्पायर विरेन्द्र शर्माले स्लो ओभर रेट भएको निष्कर्ष निकालेका थिए ।
प्रतिक्रिया 4